Political Hightlights

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन प्रदेश १ मा पनि मन्त्रालय फुटाइयो

हिमालय टिभी
२०७८ माघ १७ गते १३:२१
सत्ता गठबन्धनमा भागबण्डा मिलाउन प्रदेश १ मा पनि मन्त्रालय फुटाइयो

१७ माघ २०७८ विराटनगर । सत्ता गठबन्धनमा भागबण्डा मिलाउन प्रदेश १ सरकारले मन्त्रालय फुटाएर १२ पुर्‍याएको छ ।

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढेर १२ हुने भएको छ। सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय संख्या थप गर्ने निर्णय गरेको छ।

अबको केही दिनमै कार्यविभाजन अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । संविधानको सीमाभित्रै रहेर कार्यविभाजन नियमावली संशोधनसँगै प्रदेश १ मा ५ वटा मन्त्रालय थप हुने भएका छन्।

हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित अब १२ मन्त्रालय हुनेछन्। आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीको प्रशासनिक संरचना बनाउन जग्गा खोजी गर्न समितिसमेत गठन गरेको छ।

यसअघि बागमती र लुम्बिनीमा पनि सत्ता गठबन्धनमा भागबण्डा मिलाउन राज्यलाई करोडौं भार पार्नेगरी मन्त्रालय थप गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्