Main News

हराएको २४ लाख खोप खोज्न समिति गठन

हिमालय टिभी
२०७८ माघ १६ गते १९:१७
हराएको २४ लाख खोप खोज्न समिति गठन

१६ माघ २०७८ काठमाडौं । सरकारले रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोप खोजी गर्न छानबिन समिति बनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएकोबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो। ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ।

समितिले २ हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिनुभयो । कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले नै बताएको थियो।

यसैबीच सरकारले प्रयोगशाला बाहिर गरिएका कोभिड १९ परीक्षणको नतिजा उपलब्ध गराउन आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज सूचना जारी गर्दै विभिन्न संघसंस्थाले आफैँ किट प्रयोग गरी गरेका परीक्षणको नतिजाबारे सरकारलाई जानकारी गराउन आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *