Political Hightlights

जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न पाँच दलीय गठबन्धनको सुझाव

हिमालय टिभी
२०७८ माघ १५ गते १९:०७
जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न पाँच दलीय गठबन्धनको सुझाव

१५ माघ २०७८ काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समितिको बैठकले स्थानीय तहको निर्वाचन जेठ मसान्तभित्र गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधन गर्नुपर्ने भए संशोधन गर्न पनि सुझाव दिएको छ । प्रवक्ता कार्कीले सरकारले निर्वाचन आयोगको परामर्शमा मिति तोक्ने जानकारी पनि दिनुभयो ।

समितिको आज बसेको बैठकमा सत्तारुढ पाँचै दलका शीर्ष नेताहरुको पनि उपस्थिति रहेको थियो । आज विहान पनि पाँच दलीय गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा निर्वाचनबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टै छलफल गर्नुभएको थियो ।

छलफलमा उहाँहरुबीच स्थानीय तहको निर्वाचनसम्म गठबन्धन कायमै राख्ने सहमति भएपछि निर्वाचनको मिति तोक्न गठबन्धनका घटकहरु तयार भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *