Main News

निर्वाचन सारिए संविधान नै समाप्त हुने पूर्वप्रधानन्यायाधीश पराजुलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १५ गते १४:४९
निर्वाचन सारिए संविधान नै समाप्त हुने पूर्वप्रधानन्यायाधीश पराजुलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

१५ माघ २०७८ काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सारिए संविधान नै समाप्त गर्ने बाटो खुल्ने बताउनु भएको छ ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताउनु भयो ।

स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः प्रजातान्त्रिक प्रणाली नै नरहने अवस्था आउने पनि बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सुचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गर्नु भयो । उहाँले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गर्नु भयो ।

पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्वन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने पटकपटक दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *