Main News

सार्वजनिक सवारीमा जोरविजोर हट्यो, साना गाडीमा कायमै

हिमालय टिभी
२०७८ माघ १५ गते ७:५५
सार्वजनिक सवारीमा जोरविजोर हट्यो, साना गाडीमा कायमै

१५ माघ २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा आज जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।

सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।

अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू हुने छैन ।

खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ । निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।

आदेशमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको र जिल्ला भित्रका सबै सार्वजनिक तथा सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध गर्न भनिएको छ । सकेसम्म विद्युतीय प्रणालीबाट सेवा दिन भनिएको छ । कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउन अनुरोध गरिएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटशल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ । शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्र्नुपर्ने छ । जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ ।

आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर्स, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्नै छ । तर उनीहरूसँग पूर्ण खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि हुने) हुनुर्पेछ । पार्टी प्यालेसमा एकपटकमा कूल क्षमताको एक चौथाइ नबढ्ने गरी प्रजिअबाट पूर्वस्वीकृित लिई विवाह, व्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न पाइने छ ।

सबै प्रकारका व्यवसायमा हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्रै काममा खटाउनुपर्नेछ । होटल रेष्टुरेण्टको हकमा स्वास्थ्यका सबै मापदण्ड पालना गरी÷गराई कूल क्षमताको आधाभन्दा बढी नहुने गरी र एक पटकमा २० जना नबढ्ने गरी कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । यसरी प्रवेश गर्दा खोपको मात्रा पूरा गरेका मानिस हुनुपर्नेछ । होटलमा चेक इन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टाभित्र आफ्नो बास बस्ने हरेक ग्राहकको होटलले नै एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु आदेशमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *