Main News

आज मध्यरातिदेखि राष्ट्रियसभा निर्वाचनको मौन अवधि शुरु हुँदै

हिमालय टिभी
२०७८ माघ ९ गते १६:३७

९ माघ २०७८ काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ ।

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राति १२ बजेबाट मौनावधि शुरु हुने जानकारी गराएको हो । निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकाले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताउनुभयो ।

उहाँले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनुपर्ने बताउनुभयो । सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताउनु भयो । उहाँले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताउनु भयो ।

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *