Main News

निर्वाचन बहस : के भन्छन् कानुनविदहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ८ गते २०:४२
निर्वाचन बहस : के भन्छन् कानुनविदहरु ? (भिडियो रिपोर्टसहित)

८ माघ २०७८ काठमाडौं । कानूनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा कानूनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा कानूनविद् डा। सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गर्नुभयो । उहाँले संकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले त्यस्तो स्थिति नभएको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य डा। खिमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताउनु भयो । उहाँले अहिले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गर्नुभयो ।

नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *