Political Hightlights

सबै तहको निर्वाचन समयमै हुनुपर्छः नेता सिंह

हिमालय टिभी
२०७८ माघ ८ गते १७:०७
सबै तहको निर्वाचन समयमै हुनुपर्छः नेता सिंह

८ माघ २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताउनु भएको छ ।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारहरु ले राखेका जिज्ञासामा नेता सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निरवाचनहरु समयमै हुनुपर्ने बताउनु हो ।

संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा भन्दै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दियो ।

संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उहाँको भनाइ थियो।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भन्नुभयो, ‘त्यस कारणले धेरै कामहरुमध्येमा यो गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

उहाँले झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरीत गएर बाटो बिराइरहेका बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको स्मरण गराउनुभयो।

फरक प्रसंगमा नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको भन्दै ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिष्पर्धा गर्न मलाई जुनियर भनियो,’ ‘तर, अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भनेँ।’

१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर सभापतिको प्रतिष्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याउनुभयो।

‘१३ औँ महाधिवेशनमा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने,’ उनले प्रश्नगरे, ‘आज १४ औँमा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु भन्दै दोस्रो चरणमा आफुले शेरबहादुर देउवालाई विधि र नियमसम्मत पार्टी संचालन गर्ने प्रतिबद्धता अनुरुप सहयोग गरेको भन्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आफुले स्वभाविक रुपमा लिएको बताउनु भयो ।

लोकार्पण कार्यक्रममा पुस्तककी लेखिका डा मिता सिंह, प्रा। कपिल श्रेष्ठ, कनकमणि दीक्षितलगायत आफ्नो विचार राख्नु भएको थियो भने कार्यक्रम गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्