Main News

बजारमा औषधि अभाव हुन नदिन प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

हिमालय टिभी
२०७८ माघ ६ गते ७:४९
बजारमा औषधि अभाव हुन नदिन प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

६ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको छ ।

गृह मन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई प्रधानमन्त्री देउवाले कोरोना महामारी बढेका बेला सिटामोल समेत अभाव भएको भन्दै तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो ।

त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग लगायत औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गर्नुभएको थियो । औषधि अभाव नहुने गरी अघि बढ्न औषधि उत्पादकहरु तयार भएका छन् ।

औषधिको कृत्रिम अभाव सिर्जना गरेको पाए तत्काल कारबाही गर्न पनि निर्देशन दिइएको छ । संक्रमितको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भइरहँदा औषधि अभाव चुलिएपछि सर्वसाधारण चिन्तित छन् ।

पछिल्लो पटक हिजो नेपालमा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *