Main News

राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगद्वारा १९ बुँदे स्वास्थ्य मापदण्ड जारी

हिमालय टिभी
२०७८ माघ ५ गते १७:२९
राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगद्वारा १९ बुँदे स्वास्थ्य मापदण्ड जारी

५ माघ २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि स्वास्थ्य मापदण्ड अपनाउने भएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि आयोगले मातहतका निकायलाई १९ बुँदे स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिएको छ ।

मापदण्ड अनुसार मतदान केन्द्रमा स्वाथ्यको एउटा टिम बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो परीक्षण हुने, संक्रमित भएका मतदातालाई निसंक्रमित गरेर छुट्टै बाकसमा भोट हाल्ने प्रबन्ध मिलाउने लगायत छन् ।

कोभिड–१९ को संक्रमण रोक्न भन्दै हालै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम जारी गरिसकेको छ ।

तर, स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने भएकाले चुनावमा सरकारले तोकेको २५ जना नियम लागू नहुने देखिएको छ। तोकिएकै समयमा निर्वाचन गर्नेगरी आयोगले काम तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *