Political Hightlights

स्थानीय तहभन्दा पहिले संघीय निर्वाचन गर्न कांग्रेस र एमाले सहमति नजिक

हिमालय टिभी
२०७८ माघ ५ गते १६:२०
स्थानीय तहभन्दा पहिले संघीय निर्वाचन गर्न कांग्रेस र एमाले सहमति नजिक

५ माघ २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहभन्दा पहिले संघीय निर्वाचन गर्न सहमति नजिक पुगेका छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस र एमालेबीच संघीय निर्वाचनमा जाने करिब–करिब सहमति भएको खुलासा गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा नेता पौडेलले स्थानीय तहको निर्वाचनअघि नै संघीय निर्वाचनमा जाने करिब–करिब सहमति बनेको जानकारी दिनुभयो ।

उहाँ पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक पनि हुनुहुन्छ । नेता पौडेलका अनुसार जेठसम्ममा संघीय निर्वाचन नै तोक्न अरु दलको पनि समझदारी खोज्ने तयारी भएको छ ।

तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने अहिले नै निर्वाचनको पक्षमा छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्