Political Hightlights

निर्वाचनका लागि १० अर्बभन्दा बढी रकम खर्च ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ४ गते २०:४८
निर्वाचनका लागि १० अर्बभन्दा बढी रकम खर्च ! (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ काठमाडौं । आगामी जेठ ५ गते स्थानीय तहका पदाधिकारीको समयावधि सकिँदैछ । त्यसका लागि अबको केही दिनमा वैशाखमा स्थानीय तहको निर्वाचन गर्न मिति तोक्नुपर्ने हुन्छ । निर्वाचनका लागि १० अर्बभन्दा बढी रकम खर्च हुने अनुमान छ ।

खर्चको हिसाबले नेपालको निर्वाचन प्रक्रिया नै महंगो छ । निर्वाचन शिक्षादेखि मतपत्र छाप्नसम्मका लागि करोडौं खर्च हुन्छ। २०७४ मा स्थानीयतहको निर्वाचनमा ८ अर्ब भन्दा बढि खर्च भएको थियो ।

निर्वाचित जनप्रतिनिधिहरुको अवधि सकिन अब ४ महिना मात्र बाँकी छ । स्थानीय तहको निर्वाचन मिति नतोकिएपनि आयोगले भने वैशाख १४ र २२ गते दुई चरणमा वा २२ गते एकैचरण निर्वाचनको प्रस्ताव गरेको छ ।

सरकारले मिति तोके स्थानीय तहको निर्वाचनका लागि १० अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । मतदाता शिक्षा, मतपत्र, मतदान केन्द्र, बुथ, सुरक्षाकर्मी, कर्मचारी व्यवस्थापन लगायतका शीर्षकमा खर्च हुन्छ ।

सरकारले मिति तोके खर्चदेखि व्यवस्थापन गर्न सजिलो हुने आयोगले जनाएको छ । त्यसका लागि १ सय २० दिनको समय आवश्यक पर्छ । मिति तोक्न ढिलाइ हुदा कानुनी जटिलताका साथै स्थानीय तह नै भ्याकुम हुनसक्छ ।

जेठ अघि नै जसरी पनि स्थानीय तहको निर्वाचन हुनै पर्छ । अर्कोतर्फ कोरानोको तेस्रो लहरले देशलाई आक्रान्त बनाइरहेको छ । वैशाखसम्म सक्रमण घट्ने लक्षण देखिँदैन । यही अवस्थामा निर्वाचन भए के गर्ने भन्ने अन्योल बढ्दै गएको छ । कोभिडकै बिचमा निर्वाचन गर्नु पर्ने बाध्यताको कारण २०७४ को निर्वाचन भन्दा खर्च बढ्ने निश्चित छ ।

कानुनले स्थानीयतह रिक्त्त हुने कल्पना नै गरेको छैन । निर्वाचन आयोगले भने कोभिडका बिचमा समेत विभिन्न देशहरुले निर्वाचन गरेको नजिर प्रस्तुत गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरेर चुनाव गराउन तयार रहेको आयोगको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्