Main News

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

हिमालय टिभी
२०७८ माघ ३ गते २०:२८
काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

३ माघ २०७८ काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो । अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्र्दै अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको रिट निवेदनमा थियो ।

रिट निवेदनमा उक्त कार्यले धार्मिक आस्थामा चोट पु¥याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानून मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *