Political Hightlights

एक साताभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने मन्त्री खतिवडाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते १४:०४
एक साताभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने मन्त्री खतिवडाको दाबी (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारले एक साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तह चुनावको मिति तय गरिने बताउनुभयो ।

उहाँले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनको आवश्यक तयारीमा लागेको दाबी गर्नुभयो । मन्त्री खतिवडाले सरकार चुनावबाट भागेको नभएर अहिलेको कोरोना प्रतिकार्य योजनामा जुटेकाले केही समस्या भएको प्रष्टीकरण दिनुभयो।

आयोगले माघको पहिलो हप्ता भित्रमा मिति घोषणा गरे वैशाखमा चुनाव गराउन सक्ने बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सत्ताधारी गठबन्धन चुनावबाट पछि हटेको आरोप लगाउँदै आएको छ। तर मन्त्री खतिवडाले तत्काल तीनै तहको चुनाव एकै पटक गराउने पक्षमा भने सरकार नरहेको प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्