Main News
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त
२०७८ माघ ३ गते ८:५६

३ माघ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ अर्थात संक्रमणमुक्त भएको पाइएको हो । १० दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र स्वकीय सचिव मल्ल कोभिड १९ संक्रमणका कारण होम आइसोलेशनमा बस्दै आउनुभएको थियो ।
मल्लले आफू पनि कोरोनामुक्त भएको जानकारी दिनुभयो । अध्यक्ष लगायत १२ जनाभन्दा धेरै केन्द्रीय नेतामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रको पदाधिकारी थप्ने प्रक्रिया अघि बढ्न सकेको छैन ।
केही समयपछि केन्द्रीय समितिको बैठक बोलाएर पदाधिकारी थप गर्ने विषयमा छलफल गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया