Main News

राष्ट्रिय भूकम्प सुरक्षा दिवसः नागरिक नै सचेत हुनु आवस्यक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २ गते २०:२७
राष्ट्रिय भूकम्प सुरक्षा दिवसः नागरिक नै सचेत हुनु आवस्यक (भिडियो रिपोर्टसहित)

२ माघ २०७८ काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । दिवस मनाईंदै गर्दा २०७२ सालको विनाशकारी भूकम्पको स्मरण ताजैछ । नेपाल भूकम्पीय दृष्टिकोणले विश्वकै ११औँ खतराको सूचीमा छ । त्यसैले जुनसुकै बेला नेपालमा भूकम्पको जोखिम रहेका मानिन्छ । धेरै क्षति हुन नदिन भूकम्प प्रतिरोत्री संरचना निर्माणमा नागरिक पनि सचेत हुनुपर्छ ।

विक्रम संवत् १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको थियो, महाभूकम्प । महाभूकम्पको ८८ वर्ष पूरा भएको छ । त्यसपछि पनि २०४५ र २०७२ सालमा समेत बिनासकारी भूकम्पले ठूलो क्षति पुर्यायो। ९० सालमा गएको भूकम्पको सम्झनामा २०५५ सालबाट माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

यस वर्ष भूकम्पीय सचेतना, सुरक्षित संरचना नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईयो । १९९० सालको भूकम्पको अनुभव अहिले धेरैलाई थाहा नभएपनि २०७२ साल बैशाख १२ गते गएको भूकम्प अझै ताजा छ । भूकम्पले भन्दा पनि मानव निर्मित संरचनाको कारण धनजनको क्षति हुने भएकाले पनि त्यसतर्फ ध्यान दिनुपर्छ ।

भूकम्प गएको केही वर्ष केही सचेत बनेजस्तो देखिएपनि पछिल्लो समय फेरि भूकम्पको त्रास विर्सिदै गएको भान हुन्छ । भूकम्पले नभई कमजोर संरचनाले मानवीय तथा भौतिक क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिक नै सचेत देखिएका छैनन् ।

२०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले नौ हजार मानिसले ज्यान गुमाएका थिए । आठ लाखभन्दा बढी निजी घर ध्वस्त बनाएको थियो । अझै पनि भूकम्पीय जोखिमको हिसावले नेपाल बिश्वमै ११ औ अग्रपंक्तिमै छ । त्यसैले बेलैमा सावधानी र संरचना निमार्णमा ध्यान नदिने हो भने दिवस मनाउनाले मात्र भूकम्पबाट बच्न सकिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *