सुर्खेतको वीरेन्द्रनगरमा एकै परिवारका चार जना मृत फेला
२ माघ २०७८ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चार जना मृत अवस्थामा भेटिएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदीमा कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । शुक्रबार राति कोइला बालेर सुतेका उनीहरुबारे प्रहरीले शनिबार राति मात्रै जानकारी पाएको थियो ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले खाटमुनि कोइला बालेर सुतेका आमासहित चार जना मृत फेला परेको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा बिसी, उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र कल्पाका दाईका छोरा पाँच वर्षीय सोमराज बुढा रहेका छन् ।
उनका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज भने कृष्णका दाईका छोरा हुन् ।
वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदा बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया