Main News

प्रदेश २ सरकारले गरिब र विपन्नका लागि आवास बनाइदिने

हिमालय टिभी
२०७८ पुष ३० गते १६:०८
प्रदेश २ सरकारले गरिब र विपन्नका लागि आवास बनाइदिने

३० पुस २०७८ जनकपुर । प्रदेश २ मन्त्रिपरिषद्को आज बसेको बैठकले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको छ ।

महेन्द्र नारायण निधि विपन्न आवास योजना २०६८ स्वीकृत भएपछि प्रदेश २ मा ६ सय १० विपन्न परिवारले आवास पाउने भएको हो । उक्त कार्यक्रम अन्तर्गत आठ ओटै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १० परिवारको घर निर्माण गरिनेछ ।

असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सिमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने छ ।

प्रति आवास कुल पाँच लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने छन् । आवास निर्माणको प्रक्रिया द्रूत गतिमा अगाडि बढाइने छ ।

मुख्ममन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले दलित सशक्तिकरण नियामावली २०६८ स्वीकृत गरेपछि केही महिना अघि प्रदेश सरकारले गठन गरेको दलित सशक्तिकरण बोर्डलाई आफ्ना कामकार्वाही अगाडि बढाउन सहज हुने प्रदेश २ सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *