Main News

निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

हिमालय टिभी
२०७८ पुष ३० गते ९:०५
निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

३० पुस २०७८ काठमाडौं । निर्वाचन आयोगले आगामी राष्ट्रियसभा सदस्य निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतका बारेमा दलहरूको समान धारणा बनाउन आज सर्वदलीय बैठक बोलाएको छ ।

स्थानीय तहको निर्वाचन तयारीका बारेमा चासो राख्दै आयोगले आज बिहान साढे ११ बजे आयोगको कार्यालयमा छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाको कारण देखाउदै सत्ता पक्षका नेताहरूले स्थानीय तहको निर्वाचन सार्नुपर्ने प्रस्ताव गरेका छन् । यस बारेमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *