Main News
नारायणहिटी प्रकरणः कार्यकारी निर्देशक दाहालले दिए राजीनामा
२०७८ पुष २७ गते १५:१७

२७ पुस २०७८ काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।
नारायणहिटी दरबार परिसरमा क्याफ्टेरिया सञ्चालन गर्न दिएको विषयमा छानबिन गर्न बनेको समितिले दाहाललाई कारवाहीको सिफारिस गरेको थियो ।
समितिले सिफारिस गरेको भोलिपल्टै दाहालले राजीनामा दिनुभएको हो । छानबिन समितिले विकास समितिका कार्यकारी निर्देशक दाहालले बतास कम्पनीलाई संरचना निर्माणमा बढी क्षेत्र ओगट्न प्रोत्साहन गर्दै आफ्नो जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया