Political Hightlights

सरकारले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते १७:४९
सरकारले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले आगामी फागुनभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने भए पनि सरकार भने स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागेको बताउनुभयो ।

संखुवासभाको खाँदबारीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार निर्वाचनबाट डराइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पुनः आह्वान गर्नुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा आफ्नो दलले एकल बहुमत हासिल गर्ने दाबी गर्नुभयो ।

आगामी निर्वाचनमा जित हासिल गरेर एमालेले विकास निर्माणको कामलाई तीब्रता दिने उपाध्यक्ष पौडेलको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्