Main News

ककसले पालना गर्नुपर्छ राष्ट्रियसभा निर्वाचन आचारसंहिता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते १७:०६
ककसले पालना गर्नुपर्छ राष्ट्रियसभा निर्वाचन आचारसंहिता ? (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।

आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकार तथा गैरसरकारी क्षेत्र र राज्यका सबै निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई पनि आचारसंहिता लागू हुनेछ । आचारसंहिता पालना नगर्नेलाई कानून बमोजिम कारवाही गर्ने आयोगले जनाएको छ ।

आयोगका सहसचिव कोमलप्रसाद धमलाले कोरोनाको जोखिम बढ्दै गएपनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *