Political Hightlights

राष्ट्रियसभा निर्वाचनमा एमाले पराजित हुने अध्यक्ष ओलीद्वारा स्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते १८:३०
राष्ट्रियसभा निर्वाचनमा एमाले पराजित हुने अध्यक्ष ओलीद्वारा स्वीकार (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकुल हुन सक्ने बताउनु भएको छ ।

पार्टीको जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दुरुपयोग गरेर हुन लागेकाले आफ्नो पार्टीका लागि प्रतिकुल हुनु अनौठो नभएको बताउनुभयो ।

उहाँले राष्ट्रियसभाको निर्वाचनमार्फत सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताउनु भयो । त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दावी गर्नु भयो ।

उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दावी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्