Main News

नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ पुष २३ गते १३:३९
नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

२३ पुस २०७८ काठमाडौं । नेपालमा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट थप २४ जनामा पुष्टि भएको छ ।

योसँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिन सिक्वेन्सिङ गरिएका २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ ।

पुस महिनामा संकलन गरिएका कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २ सय ५० मा एस जीन नेगेटिभ पाइएको थियो । त्यसमध्ये २४ वटाका जीन सिक्वेन्सिङ गरिएको र सबैमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ओमिक्रोनका कारण अस्पतालमा हुन सक्ने बिरामीको चापलाई मध्येनजर गर्दै तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन समेत दिएको छ ।

अक्सिजन लगायत स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न र स्वास्थ्यकर्मीहरुलाई समेत तयारी अवस्थामा रहन भनिएको छ।

भारतमा ओमिक्रोनका संक्रमित बढ्दै जाँदा सीमा नाकामा कोभिड परीक्षणलाई पनि थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *