Main News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

हिमालय टिभी
२०७८ पुष १९ गते ८:४९
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

१९ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेका १३ केन्द्रीय सदस्यहरुको नाम पनि अनुमोदनका लागि पेश हुने बताइएको छ ।

सभापति देउवाले हिजो सभापतिमा पराजित कल्याण गुरुङ, महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो ।

त्यसअघि शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई मनोनित गर्नुभएको थियो । विधानमा सभापतिले समानुपातिक प्रतिनिधित्व हुनेगरी ३३ जना केन्द्रीय सदस्यमा मनोनित गरेर केन्द्रीय समितिमा पेश गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *