Main News

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक आह्वान

हिमालय टिभी
२०७८ पुष १८ गते १७:०५
राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक आह्वान

१८ पुस २०७८ काठमाडौं । राष्ट्रियसभाको १९ सीटका लागि उम्मेदवार टुंगो लगाउन सत्तारुढ पाँच गठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भोलि बिहान गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ ।

कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ । माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४,४ सीट दिएर थप एक–एक सीट दिने कांग्रेसको तयारी रहेको छ ।

एक सीट जनता समाजवादीलाई दिनुपर्ने कांग्रेसले प्रस्ताव गर्ने भएको छ । एमालेलाई आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ । पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *