के के हुन् प्रचण्डले महशुस गरेका तीन गल्ती ?
१२ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको उल्लेख गर्नु भएको छ ।
पार्टी महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेश गर्दै उहाँले आफ्नो आत्मसमीक्षा गर्नु भएको हो । प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भन्नु भएको छ ।
प्रचण्डले महसुस गरेका ३ गल्ती
१. मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनु
२. सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु
३. प्रचण्डपथलाई हठात् स्थगित गर्नु
सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि उहाँले आफ्नो गल्ती ठान्नु भएको छ । प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि उहाँले कम्जोरी ठान्नु भएको छ । तर यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि उहाँको प्रष्टीकरण छ ।
प्रतिक्रिया