सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पाइप पड्कँदा दुई जना ईञ्जिनियरको मृत्यु

१२ पुस २०७८ काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजना परीक्षणका क्रममा भएको दुर्घटनामा दुई इन्जिनियरको मृत्यु भएको छ ।
हिजो दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर दुर्घटना हुँदा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।
परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर दुर्घटना भएको हो ।
थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईका अनुसार पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको हो । घटनामा घाइते भएका अर्का एक इन्जिनियरको काठमाडौंमा उपचार भइरहेको छ ।
प्रतिक्रिया