Main News

प्राविधिकतर्फका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

हिमालय टिभी
२०७८ पुष ८ गते ६:०८
प्राविधिकतर्फका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

८ पुस २०७८ काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरीको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।

डा श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *