Main News

इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा दुई करोड बढीको क्षति

हिमालय टिभी
२०७८ पुष ५ गते १८:००
इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा दुई करोड बढीको क्षति

५ पुस २०७८ काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ ।

आज दिउँसो तीन बजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको हो । आगलागीबाट जीम सेन्टरका सामानहरु जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उधृत गर्दै प्रहरी वृत्त बानेश्वरका डीएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।

दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करिब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा इन्भर्टरमा आगलागी भएर आगो फैलिएको देखिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डीएसपी लामाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *