Main News

माओवादी केन्द्रको बागमती प्रदेश नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरू

हिमालय टिभी
२०७८ पुष ५ गते १३:२१
माओवादी केन्द्रको बागमती प्रदेश नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरू

५ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

सर्वसम्मतिको प्रयास असफल भएपछि माओवादीले मतदानबाटै प्रदेश नेतृत्व चयन गर्न लागेको हो । यसका लागि अहिले काठमाडौंको बत्तीसपुतस्थित अनुपम फुडल्याण्डमा चुनावी प्रक्रिया शुरू हुँदैछ।

नयाँ नेतृत्वका लागि शुरूमा देवीप्रसाद ढकाल, दीनानाथ गौतम, विशाल खड्का, सरल सहयात्रीलगायत ६ जना आंकाक्षी हुनुहुन्थ्यो । अब काभ्रेका दीनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

देवीप्रसाद ढकालले सरल सहयात्रीलाई समर्थन गर्ने निर्णय गर्नु भएको छ । अर्का दाबेदार विशाल खड्काले अध्यक्षको दाबी छाडेर कोषाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ । मतदानमार्फत अध्यक्षसहित नौ जना पदाधिकारी चयन हुनेछन् ।

प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जना रहेको पदाधिकारी छ । बागमती प्रदेश सम्मेलन गत शनिबार उदघाटन भएको थियो ।

शुरूमा सहमतिको प्रयास भएपछि सहमति नजुटेपछि ३० सदस्यपछि मनोनयन गर्ने गरी २४५ सदस्यीय कमिटीमात्र सार्वजनिक गरिएको थियो । ३० सदस्य मनोनित नभइसकेकाले निर्वाचनमा तिनै २४५ सदस्यहरुले भाग लिने छन् ।

बागमती प्रदेश सम्मेलन गत शनिबार उदघाटन भएको थियो । बागमती प्रदेश २ सय ७५ सदस्यीय छ ।

यही पुस ११ देखि १३ गतेसम्म आयोजना गरिने राष्ट्रिय सम्मेलनअन्तर्गत सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादीले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *