Main News

ओमिक्रोन फैलिएका देशबाट आउँदा अनिवार्य होटल क्वारेन्टिन बस्नु पर्ने नियम स्थगित

हिमालय टिभी
२०७८ पुष ३ गते १३:४९
ओमिक्रोन फैलिएका देशबाट आउँदा अनिवार्य होटल क्वारेन्टिन बस्नु पर्ने नियम स्थगित

३ पुस २०७८ काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट नेपाल आउँदा अनिवार्य होटल क्वारन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ ।

अध्यागमन विभागले हिजोमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने सूचना निकालेको थियो । तर, आज अध्यागमनले आफ्नो वेब साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

निर्णय स्थगित गरिएको बारे कारण नखुलाइए पनि अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।

यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।

ती देशबाट आएका यात्रुले आरटी(पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *