Political Hightlights

पूर्वमन्त्री हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २८ गते १६:२७
पूर्वमन्त्री हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी गठन (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री त्रिपाठीले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र,मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, लगायत बििषयमा आफ्नो पार्टीले निरन्तर वैचारिक बहस गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्