Main News

कांग्रेस सभापतिको मतगणनाः कसैको पुगेन ५१ प्रतिशत, पुनः निर्वाचनको तयारी

हिमालय टिभी
२०७८ मंसिर २८ गते ९:२७
कांग्रेस सभापतिको मतगणनाः कसैको पुगेन ५१ प्रतिशत, पुनः निर्वाचनको तयारी

२८ मंसिर २०७८ काठमाडौं । नेपाली काँग्रेसको नयाँ सभापतिका लागि भएको चुनावमा कसैले पनि ५१ प्रतिशत मत पुराउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

खसेको ४ हजार ६ सय ८१ मतमध्ये शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी प्रकाशमान सिंहले ३ सय ७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २ सय ४९ मत प्राप्त गर्नु भएको छ । कल्याण गुरुङले २० मत प्राप्त गर्नु भएको छ। कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि अब देउवा र शेखर कोइरालाबीच पुनः निर्वाचन हुनेछ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *