Main News

आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

हिमालय टिभी
२०७८ मंसिर १९ गते ९:०८
आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

१९ मंसिर २०७८ काठमाडौं । आज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाँदैछ।

स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मानमा यो दिवस मनाउने गरिन्छ । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार हाल देशभर ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

उनीहरूले पाउने वार्षिक भत्ता, पोशाक खर्चहरूरु स्थानीय तहमा पठाउने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अनिषा अर्यालले बताउनुभयो । सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक पोशाक खर्च १० हजार, यातायात खर्च १२ हजार उपलब्ध गराउँदै आएको छ ।

दिवस मनाउनका लागि प्रति गाउँपालिकालाई १०, नगरपालिकालाई १५, उपमहानगरलाई २० र महानगरपालिकालाई २५ हजार उपलब्ध गराउने गरेको छ। यस वर्ष काठमाडौं र भक्तपुरबाट १० जना महिला स्वयंसेविकालाई सम्मान गर्न लागिएको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *