Political Hightlights

राप्रपाको अध्यक्षका लागि थापा र लिङ्देनद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७८ मंसिर १७ गते १५:०१
राप्रपाको अध्यक्षका लागि थापा र लिङ्देनद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

१७ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता सकिएको छ । निवर्तमान अध्यक्ष कमल थापा र निवर्तमान महामन्त्री राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै एक महिलासहित ४ उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

जगतकुमार गौचन, रामचन्द्रराय यादव, लिलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, धु्रवबहादुर प्रधान, बुद्धिमान तामाङ, र दुर्गादेवी श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै एक महिला सहित ३ महामन्त्री पदमा खुल्लातर्फ डाक्टर धवल शम्शेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राले मनोनयन दर्ता गराउनुभएको छ भने महिलातर्फ रेखा थापा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दिनुभएको छ । १ सय ४१ केन्द्रीय सदस्यमा २ सय ६४ जनाको उम्मेदवारी परेको छ ।

आज साँझ ५ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै भोलि विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

राप्रपा महाधिवेशनका निर्वाचन अधिकृत राजु बस्नेतले अध्यक्ष पदमा उम्मेदवारी दिनेले १ लाख रुपैयाँ दरखास्त दस्तुर लिइएको जानकारी दिनुभयो ।

त्यस्तै केन्द्रीय उपाध्यक्षका उम्मेदवारले ७५ हजार, महामन्त्रीका उम्मेदवारले ५० हजार, केन्द्रीय सदस्यका उम्मेदवारले १५ हजार रुपैयाँ दस्तुर लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्