Main News

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ मंसिर १५ गते ८:०९
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि शुरु हुँदै

१५ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि शुरू हुँदैछ।

काठमाडौंको भृकुटी मण्डपमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुँदै छन् । फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेको हो ।

महाधिवेशनमा पुरानो र नयाँ पुस्ता प्रतिस्पर्धामा छन् । राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्‍याउने बताउनु भएको छ । त्यस्तै राजेन्द्र लिङ्देनले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पटक–पटक विभाजन र एकता गर्दै आएको राप्रपाको यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । राप्रपा एकीकरणपछि हाल तीन अध्यक्ष न् । यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ।

तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिन लागेको छ। दुई नेताबीच अध्यक्षमा टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन।

थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ। तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्।

राप्रपामा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढी भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि छन्। संघीयता खारेजी, हिन्दू राज्य र राजतन्त्रको पक्षमा उभिँदै आएको राप्रपाका नेताहरु यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *