Main News

राजेन्द्र लिङ्देनलाई कमल थापाको चुनौति: उमेरको कुरा नगरौं, टुँडिखेलमा दौडिएर हेरौं(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १३ गते २०:३७
राजेन्द्र लिङ्देनलाई कमल थापाको चुनौति: उमेरको कुरा नगरौं, टुँडिखेलमा दौडिएर हेरौं(भिडियो  रिपोर्टसहित)

१३ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा होमिएको छ । पटकपटक टुटफुट र जुटको विरासत बोकेको राप्रपाले यसपटक एकता महाधिवेशन गर्न लागेको हो ।

एकता महाधिवेशनमा पुस्ता हस्तारणको चर्चा भएपछि राप्रपाको तीन पटकसम्म अध्यक्ष भएका कमल थापाले पुन अध्यक्षको उमेद्‍वारी घोषणा गर्नु भएको छ । उहाँलाई युवा पुस्ताको नेतृत्व गर्ने राजेन्द्र लिङदेनले टक्कर दिँदै हुनुहुन्छ ।

महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया टुंगाए लगतै राप्रपा महाधिवेशनमा होमिएको छ । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनमा अध्यक्षमा दुई जनाले उमेदवारी दिएका छन् ।

३ कार्यकाल अध्यक्ष बनिसकेका कमल थापा र युवा पुस्ताको नेतृत्वका लागि भन्दै राजेन्द्र लिङ्देनले अध्यक्षमा उमेदवारी दिनुभएको हो । थापालाई प्रकाश चन्द्र लोहनी र लिङ्देनलाई पशुपति शम्शेरको साथ देखिएको छ । राप्रपा अध्यक्षमा देखिएको यो दुई पुस्ताको उम्मेदवारीलाई नयाँ र पुराना पुस्ताको उम्मेदवारीका रुपमा व्याख्या गरिएको छ ।

तर कमल थापा भने यो उम्मेदवारीमा युवा र पुरानो पुस्तासँग जोड्न नहुने भन्दै आफूमा युवा पुस्ताको जस्तै स्फूर्ती रहेको दाबी गर्नुहुन्छ ।

एकैजनाको नेतृत्वमा वर्षौं शासित भएको राप्रमा यसपटक नयाँ पुस्ताले उम्देवारी दिने हिम्मत देखाएको हो ।

तर थापाले भने लिङ्देनको उम्मेदवारीलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा नबुझेर षड्यन्त्रको रूपमा हेर्नुभएको छ ।

२०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएपछि पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो । पार्टी स्थापना भएको ३० वर्षमा राप्रपा दर्जनौंपटक टुटफुटबाट गुज्रिएको छ ।

फुट्नु र मिल्नु राप्रपाका लागि परम्पराजस्तै बनिरहेको अवस्थामा पनि दोस्रो पुस्ताले नेतृत्वमा जाने हिम्मत गर्दा राप्रपा फेरि फूटकै परम्परामा फर्किने त होइन भन्ने आशंका जन्माएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *