Main News

वर्षा वा तीव्र गतिको हावा नचलेसम्म मौसम पूर्ण रुपमा नखुल्ने

हिमालय टिभी
२०७८ मंसिर ११ गते ९:३६
वर्षा वा तीव्र गतिको हावा नचलेसम्म मौसम पूर्ण रुपमा नखुल्ने

११ मंसिर २०७८ काठमाडौं । हिजोदेखि धुम्म भएको मौसम तत्काल खुल्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

पूर्वी वायुको प्रभावले भारतका विभिन्न ठाउँबाट प्रदुषणयुक्त हावा नेपाल आएको र नेपालकै विभिन्न ठाउँबाट निस्किएको धुवाँ र धुलोले प्रदुषण बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार वर्षा र तीव्र्र गतिको हावा नचलेसम्म यो प्रदुषण कम हुने देखिएको छैन । अहिलेलाई ठूलो पानी पार्ने वा तिब्रगतिको हावा चल्ने प्रणाली नदेखिएको उहाँको भनाइ छ । तर गएराति बङ्गलादेश आसपास बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका एकदुई ठाउँमा हल्का पानी पर्नसक्ने उहाँले बताउनुभयो ।

हल्का पानी परेपनि हिजोदेखि धुम्मिएको मौसम केही खुल्ने मौसमविद् सापकोटाको भनाइ छ । अहिले तीव्रगतिको हावा पनि नलागेको र पानी पनि नपरेकाले तुँवालो लाग्दा मौसम बदली भएको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् सापकोटाका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *