Main News

एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसको अधिवेशन आज

हिमालय टिभी
२०७८ मंसिर १० गते ८:५७
एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसको अधिवेशन आज

१० मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसले एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा आज अधिवेशन गर्ने भएको छ ।

काठमाडौँलगायत विभिन्न ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन शुरू गर्न लागिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने भएकाले पछि जिल्ला अधिवेशन गर्ने तयारी छ।

चितवनमा भने आज एमालेको महाधिवेशन भएकाले कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा भने अधिवेशन सम्पन्न भएको छ ।

तीन जिल्लाको भने मत परिणाम आउन बाँकी छ । मङ्सिर ६ गतेदेखि शुरु भएको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा हिजो अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।

कांग्रेसले आउँदो १६ र १७ गते प्रदेश अधिवेशन गर्दैछ । १६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकिसकेको कांग्रेसको प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउनेछन् ।

एक मात्र सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मङ्सिर ६ मा जिल्ला अधिवेशन भएको थियो । त्यसअघि १४ हिमाली जिल्लामा अधिवेशन सकिएको थियो । कांग्रेसले यही २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *