Main News
पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु
२०७८ मंसिर ८ गते ९:०८

८ मंसिर २०७८ नवलपरासी । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति सुनवल नगरपालिका–४ रम्भापुरमा ट्रकले ठक्कर दिँदा रम्भापुर गैंडाखालका २६ वर्षका दुर्गा काफ्ले र ४० वर्षका टिकानाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार भुस बोकेको प्रदेश २–०३००१ ख ४५२४ नम्बरको ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया