Main News

कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

हिमालय टिभी
२०७८ मंसिर ८ गते ८:५४
कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

८ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार आज साँझसम्ममा सबै जिल्लाबाट अन्तिम नतिजा आउने छ ।

हिजोसम्म ६० जिल्लामध्ये ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको उहाँले बताउनुभयो ।

देशभरीका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आउँदो २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *