Political Hightlights

एमाले कुनै पनि विवाद र अन्तरविरोध छैनः सचिव विष्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते १८:१४
एमाले कुनै पनि विवाद र अन्तरविरोध छैनः सचिव विष्ट (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको दावी गर्नुभएको छ ।

नेकपा (एमाले) को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताउनुभयो । उहाँले एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको स्पष्ट पार्नुभयो ।

एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो । एमाले नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गर्नुभयो ।

जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उहाँले बताउनुभयो ।

उहाँले एमालेको नेतृत्व चयन सहमतीमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको बताउनुभयो । केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्