Main News

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन बारले दियो दलहरुलाई यस्तो दबाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते १८:५२
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन बारले दियो दलहरुलाई यस्तो दबाव (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग लगाउन दबाव दिएका छन् ।

सभामुखसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै बार प्रतिनिधिहरुले न्यायालयको नेतृत्वमा राणा असक्षम सावित भएको भन्दै महाभियोगका लागि दबाब दिएका हुन् ।

ज्ञापन–पत्र बुझ्दै सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख सापकोटाले न्यायपालिकामा देखिएको समस्याबाट आफूहरु चिन्तित रहेको बताउनुभयो ।

बार प्रतिनिधिले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि ध्यानाकर्षण गराएका थिए ।

नेम्वाङले न्यायालयबारे नेपाल बार एशोसिएशनले उठाएको मुद्दा गम्भिर भएको उल्लेख गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले बारमा भएको धरपकडबारे सरकारलाई सचेत गराउनुभयो ।

बार प्रतिनिधिहरुले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई पनि ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताउनुभयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश राणाले अदालत छाड्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *