Main News

अमेरिकी अनुदान फिर्ता नहोस् भन्ने चाहना रहेको प्रचण्डको प्रष्टीकरण भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते १८:३४
अमेरिकी अनुदान फिर्ता नहोस् भन्ने चाहना रहेको प्रचण्डको प्रष्टीकरण भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी अनुदान फिर्ता नहोस् भन्ने चाहना राखेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सक्कल र पछिल्लो सहमतिमा अन्तरविरोध देखिएकाले समस्या उत्पन्न भएको बताउनुभयो ।

उहाँले विगतदेखि नै अमेरिकासँग सहयोग लिएको उल्लेख गर्दै एमसीसीबारे गठबन्धनसहित अन्य दल, नागरिक समाज, बुद्धिजीवी सबैसँगको छलफलपछि ठोस निष्कर्ष निकालिने बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको विवाद न्यायालयभित्रैबाट समाधान हुनुपर्ने दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *