Main News

माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

हिमालय टिभी
२०७८ मंसिर ४ गते १३:४५
माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

४ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको छ । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयास अनुसार छलफल चल्दै आएको बताइएको छ ।

यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आउनु भएको छ । बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर जानु भएको थियो ।

छलफलमा दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *