Main News

अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने

हिमालय टिभी
२०७८ मंसिर २ गते ७:५४
अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने

२ मंसिर २०७८ काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवासँग आज बालुवाटारमा भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता हुने जानकारी दिएको छ ।

लुले भोलि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन समेत गर्ने तय भएको छ ।

अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने उल्लेख छ ।

आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उहाँले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दुतावासले जनाएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड(१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्ने अमेरिकी दुतावासले जनाएको छ ।

नेपालमा एमसीसी परियोजनाबारे विवाद बढीरहेका बेला अमेरिकाका दुई उच्च अधिकारीको नेपालमा आएका हुन् । एमसीसी नेपालको पक्षमा रहेको सन्देश दिन उहाँहरुले शीर्ष नेता र नागरिक समाजका अधिकारीहरुसँग भेट्न लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *