Political Hightlights

देउवा निवासमा केन्द्रीय समिति बैठक राखेकोमा नेता सिंहको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १४:१६
देउवा निवासमा केन्द्रीय समिति बैठक राखेकोमा नेता सिंहको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नु भएको हो । नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले आज काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनु भयो ।

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिनुभयो । उहाँले सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राख्नु भयो ।

नेता सिंहले क्रियाशील सदस्यता विवाद देखिएका ठाउँमा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा राख्छ । हिजो मैले बोलेँ । कार्यालयमा राख्नु प¥यो नि वर्किङ कमिटी भनेर । भवनको के काम । बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थेऊ नि त । अनि एक महिना नाघि सक्यो–रौंतहटका साथीहरु धर्ना बसेको बस्यै । के दशंै, के तिहार, के छठ । पार्टी कार्यालयमा छिँडीमा बसेको बस्यै छ । ’

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गर्नु भयो । उहाँले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गर्नुभयो । उहाँले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्