Main News

न्यायालय विवादमा दलहरु नबोल्नु आश्चर्यजनक भएको चार पूर्वउपकुलपतिको प्रतिक्रिया

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १८:३३
न्यायालय विवादमा दलहरु नबोल्नु आश्चर्यजनक भएको चार पूर्वउपकुलपतिको प्रतिक्रिया

२७ कात्तिक २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले नेपाल बार एशोसिएसनको आन्दोलनको न्यायोचित निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

त्रिबिका पूर्वउपकुलपति महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जङ्ग शाहले विज्ञप्ति निकालेर बार एशोसिएसनको आन्दोलनप्रति जिम्मेवार निकायहरूले देखाएको उदासीनता देशकै लागि दुर्भाग्य भएको बताउनुभएको हो ।

बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।

सरकार र राजनीतिक दलहरुले भने न्यायालयको समस्या न्यायालयले नै समाधान गरोस् भन्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *