Political Hightlights

सबै कम्युनिष्टलाई एक हुन अध्यक्ष प्रचण्डको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १६:३८
सबै कम्युनिष्टलाई एक हुन अध्यक्ष प्रचण्डको आग्रह (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी यात्रामा अघि बढ्न सबै कम्युनिष्ट एक हुनुको विकल्प नभएको बताउनुभएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो । उहाँले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्